काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ । सचिवालयले आधिकारिक फोटो भनेर दिएको तस्बिरमा बालेन कालै पहिरनमा सजिएका छन् ।
अफिसियल फोटोमा पनि उनले कालो चस्मा परिवर्तन गरेका छैनन् । प्रधानमन्त्रीको अफिसियल फोटोमा कालो चस्मा,कालो टोपी कालै दौरा सुरुवाल र कोट देखिएको छ । सरकारी कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको आधिकारिक तस्विर टाँग्ने प्रचलन छ । सोही प्रयोजनका लागि तस्विर सार्वजनिक गरिएको हो ।
काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा होस् या सार्वजनिक कार्यक्रममा कालै पहिरन रुचाउने बालेनले प्रधानमन्त्रीको शपथ खान जाँदा लगाएको पोशाकलाई नै अफिसियल फोटाेमा समेटिएको हो ।