काठमाडौँ । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।
मंगलबार उनी काठमाडौंको सुविधानगरबाट पक्राउ परेका थिए। सहसचिव रिजाललाई बोलाएको समयमा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।