काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् । उनले स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा पाउने गरी बालेनको प्रेस हेर्ने जिम्मा पाएका हुन् ।
बजगाईं बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस सहजकर्ताकै भूमिकामा थिए ।
उनले नेपाल लाइभ, नेपालवाच, उकेरा, रुटिन अफ नेपाल बन्द, बाह्रखरी र इकागजजस्ता राष्ट्रिय सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गर्दै सुशासन, सार्वजनिक नीति र सामाजिक मुद्दा कभर गरेका छन् ।
पत्रकारितामार्फत राज्य संयन्त्र, राजनीति र प्रशासनको नजिकबाट अध्ययन गर्ने अवसर पाएका बजगाईं पछिल्लो समय संस्थागत सञ्चार र सार्वजनिक सूचनामा केन्द्रित छन् ।