काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतमा कार्यरत एक कर्मचारीलाई ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
अदालतका डिठ्ठा लव कुमार सिंहले जग्गा फुकुवा गरिदिए बापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिंहलाई ५० हजार रुपैयाँ र एक थान मोबाइलसहित आज (२०८२ चैत १७ गते) नियन्त्रणमा लिइएको हो । उनीमाथि अहिले थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।