काठमाडौं । भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले नवनियुक्त सरकारले अघि सारेको ’शासकीय सुधारसम्बन्धी कार्यसूची’ को स्वागत गरेको छ। संस्थाका नवनिर्वाचित अध्यक्ष मदन कृष्ण शर्माले २०८२ चैत १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई सुशासनतर्फको सकारात्मक पाइलाका रूपमा चित्रण गरेका छन् ।
जनताको सुशासनको चाहना र करिब दुई–तिहाइ बहुमतसहितको नयाँ सरकारले पहिलो बैठकबाटै समयसीमासहितको बृहत् कार्यसूची पारित गर्नुले सुशासनप्रति सरकारको प्रतिबद्धता देखिएको विज्ञप्तिमा उल्लेख छ।
