काठमाडौँ । काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेतलाई कानूनी दायराबाट कदापि उम्कन नदिने दाबी गरेकी छन्।
उनले सचिव बस्नेतलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने चेतावनी दिँदै,महेश बस्नेतलाई कदापि उम्कन दिने छैन। म कानूनी दायरामा ल्याएर छाड्छु। कठालो समातेर माइती घरबाट घिसार्दै ल्याउनेछु, भनिन्।
पाठकले उच्च अदालत पाटनमा दुई वर्षदेखि मुद्दा लडिरहेको बताउँदै, केपी ओली सरकार र बस्नेतको कारणले मुद्दा ढिला भएको र न्यायका लागि पुनः जाहेरी दिएको जानकारी दिइन्।