काठमाडौँ । विभिन्न समयमा यस अघिका सरकारको नेतृत्व गर्दा र मन्त्रीहरूको नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेहरूको भिड नै लाग्थ्यो, तर अहिले भने अवस्था त्यस्तो देखिएको छैन ।विशेषगरी यस अघि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न पार्टीले सरकारको नेतृत्व गर्दा र मन्त्रीहरूको नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेहरूको भिड नै लाग्ने गरेको थियो ।
जेन–जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएसँगै त्यो परम्परा तोडिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा १५ जना मन्त्रीहरूले मन्त्रालयहरू सम्हालिरहेको अवस्थामा अहिले मन्त्रालयहरूमा पहिलेको जस्तो चहलपहल देखिदैन । मन्त्रीहरूले मन्त्रालय सम्हालेको दिनबाटै हप्ता दिनसम्म बधाई र शुभकामना दिनेहरुको भिड लाग्ने मन्त्रालयहरू अहिले सुनसानजस्तै देखिएका छन् । बालेन नेतृत्वको सरकार अहिले सरकारका शासकीय सुधार सम्बन्धी १ सय कार्यसूचीअनुसार अघि बढेको छ ।
बालेन शाहको नेतृत्वमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले,गृहमन्त्रीमा सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल भौतिकमन्त्रमिा सुनिल लम्साल, उर्जामन्त्रीमा बिराभक्त श्रेष्ठ, संस्कृतिमन्त्रीमा खडक राज पौडेल, शिक्षा मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य मन्त्रीमा निशा मेहता, सञ्चारमन्त्रीमा डा. बिक्रम तिमिल्सिना, भूमि मन्त्रीमा प्रतिभा रावल, कननून मन्त्रीमा सोविता गौतम, कृषिमन्त्रीमा गीता चौधरी, श्रममन्त्रीमा दिपक कुमार साह र महिला बालबालिका मन्त्रीमा सीता बादी रहेकी छन् ।