काठमाडौँ । खोटाङ जिल्लामा तैनाथ नेपाली सेनाको रणभीम गणले स्थानीय तहसँगको सहकार्यमा साकेला गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
चैत्र १६ गते साकेला–२, रतन्छामा आयोजना गरिएको यस शिविरमा नं.१८ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला अस्पताल खोटाङ र स्थानीय निकायहरूको प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहेको थियो।
शिविरबाट रतन्छा र आसपासका क्षेत्रका २०० भन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको रणभीम गणले जनाएको छ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधी वितरण गरिएको थियो। नेपाली सेनाले सञ्चालन गरेको यस मानवीय कार्यको स्थानीय जनप्रतिनिधि र बासिन्दाले प्रशंसा गरेका छन्।