काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र मागबारे छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, छलफल बिहान ११ बजेदेखि जारी छ र बालेनले सांसदहरूसँग प्रत्यक्ष संवादमार्फत प्रदेशका समस्या बुझ्ने प्रयास गरिरहेका छन्। हिजो प्रधानमन्त्रीले कर्णाली र कोशी प्रदेशका सांसदहरूसँग पनि भेटघाट गरी प्रदेशको माग र समस्याबारे जानकारी लिएका थिए।