काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाश गएका छन् । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधान न्यायाधीश बनेका राउत ६५ वर्षे उमेर हदका कारण आजदेखि अवकाशमा गएका हुन् ।
उनको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् । कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिकी हुन् ।
वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए ।