काठमाडौँ। मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ।
चितवन जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मदन लामा थिङका अनुसार, चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेकोले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। मदन लामा थिङले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, “सडक स्तरोन्नतिको काम तीव्र रूपमा अगाडि बढाउन रातिको समयमा सडक बन्द गर्न लागेको हौँ। पटक–पटक सवारी रोकिँदा यात्रुहरूले सास्ती भोग्नुपरेकोले अब राति मात्र रोक लगाइने व्यवस्था मिलाइएको छ।