काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबारदेखि कार्यालयमा प्लास्टिकजन्य सामग्री प्रयोग नगर्ने निर्णय लागू गरेको छ।
मन्त्रालयका अनुसार, यो कदम वातावरण संरक्षण, सफाइ प्रवर्द्धन र दिगो विकासलाई प्रवर्द्धन गर्न उठाइएको हो। अत्यधिक प्लास्टिकको प्रयोगले वातावरणमा पर्ने नकारात्मक असरलाई घटाउँदै, विकल्पीय र पर्यावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न मन्त्रालयले यस्तो नीति लिएको छ। निर्णयको सफल कार्यान्वयनका लागि मन्त्रालयले सबै कर्मचारी र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको जनाएको छ।