काठमाडौँ ।एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
नेकपा एमालेकी प्रदेश सांसद शर्मालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।
सोमबार उनलाई प्रहरीले काठमाडौँको धुमबाराहीबाट पक्राउ गरेको थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।