काठमाडौं । अर्थ मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको छ । आइतबार मन्त्रालयमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।
यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ ।

