काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई भेटेर झाले राजीनामा बुझाएका हुन् ।
उनले बदलिएको राजनीतिक परिस्थितिकाबीच नवगठित सरकारको सहजताका लागि राजीनामा दिएको बताएका छन् ।