काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्। उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने माग गर्दै आफ्ना पार्टीका सांसदहरू कोठे बैठकमा उपस्थित नहुने जानकारी दिएका छन्।
प्रधानमन्त्री आज कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दै छन्। त्यसका लागि सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो। सांसद साम्पाङले भने, “प्रधानमन्त्रीले सदन बैठक बोलाउन पहल नगरी कोठे बैठक बोलाएको कारण हामी सहभागी हुँदैनौँ। हप्तामा कम्तीमा एकपटक बैठक हुनुपर्छ। जनताको प्रश्नहरूको उत्तर दिनु सबै सांसदको दायित्व हो।