काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३, काली मन्दिर नजिक सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृतक दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी हुन्, जसको उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकलमा सवार विपिन घाइते भएका थिए। मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् र उनको उपचार जारी रहेको छ। दुर्घटना तीव्रगतिका कारण भएको अनुमान गरिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।