काठमाडौँ । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणसम्बन्धी आरोपमा पक्राउ परेकी छन्। प्रहरीले उनलाई आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निजी निवासबाट नियन्त्रणमा लिएको हो।
एमालेबाट निर्वाचित सांसद शर्मामाथि एक नाबालिकालाई घरेलु काममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ। सोही आधारमा प्रहरीले उनलाई हिरासतमा राखी बालबालिका सम्बन्धी ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित थप विवरण संकलन भइरहेको छ।
यसअघि पनि केही वर्षअघि उनको घरबाट एक नाबालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको तथ्य बाहिर आएको थियो। घटनाले बालअधिकार र बालश्रम नियन्त्रणका विषयमा पुनः गम्भीर बहस सिर्जना गरेको छ।