काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ ले सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्म सबैको नियमित रूपमा मादक पदार्थ तथा लागू पदार्थ सेवन परीक्षण गरिनुपर्ने बताएका हुन्। उनले लेखेका छन्, “प्रधानमन्त्री लगायत सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे मादक पदार्थ सेवनर लापसे लागू पदार्थ सेवन जाँच दैनिक रूपमा गरिनु पर्दछ, सांसदहरूको पनि गर्नुपर्छ। देशको समग्र स्वास्थ्यका लागि यो अनिवार्य छ।