काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज बिहान बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि सोही आधारमा खड्कालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।