काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा नलिने निर्णय सरकारले गरेको छ। काठमाडौँमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कक्षा ५ सम्मका बालबालिकामा लागू हुँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा हटाउने निर्णय गरेको हो। सरकारका अनुसार साना बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मानसिक तनाव, डर र दबाब घटाउँदै उनीहरूको स्वाभाविक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो।