काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण राजनीतिक गतिविधिको संज्ञा दिएका छन्। उनीहरूको गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो कदमले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन्।
एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले फेसबुकमा लेख्दै लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको कुनै स्थान नरहने बताएका हुन् ।यस्तो प्रवृत्तिले राजनीतिक अस्थिरता निम्त्याउने उनले बताएका छन्।