काठमाडौँ । नवनियुक्त प्रधानमन्त्रीको नाममा राष्ट्रपति कार्यालयले गल्ती गरेको छ । उनको बास्तविक नाम बालेन्द्र साह भएपनि समय समयमा थरको कारणले उनी विवादमा आइरहन्छन् ।
तर, यसपटक राष्ट्रपति कार्यालयले नै उनको नाम बालेन्द्र शाह लेखेर झनै अन्योलमा पारेको छ । आमजनमानसमा वास्तविकता के हो भन्ने प्रश्न चिह्न खडा भएको छ ।
'राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार उहाँले पेश गर्नु भएको नागरिकताको प्रतिलिपिलाई आधार बनाएर नियुक्ती गरिएको हो । अन्य, कुराहरु सम्बन्धीत जिल्ला प्रशासन कार्यालयलाई जानकारी होला ।'
बालेन्द्र साह\शाह को थर जे भएता पनि कि प्रधानमन्त्री बालेन्द्र साह वा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले सत्य तथ्य जानकारी दिए यो अन्योल सधैँका लागी हट्ने थियो र हाम्रो प्रधानमन्त्री मधेशी मुलका हुन् भनेर मधेशी समुदायले सदैव गर्व गर्न पाउने थिए ।