काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् ।
महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले आज राजीनामा बुझाएकी हुन् ।
भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।