काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
रास्वपाको परराष्ट्र विभागका प्रमुखसमेत रहेका उनलाई रास्वपाको एकल सरकारले परराष्ट्र मन्त्रालयकै जिम्मा दिएको हो ।