काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शाहले रक्षा साथै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री आफैसँग राखेका छन् ।
दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् । तेस्रोमा गृहमन्त्री सुधन गुरुङ, चौथोमा परराष्ट्रमन्त्री शिशिर खनाल छन् । पाँचौमा सुनिल लम्साल, त्यसपछि बिराभक्त श्रेष्ठ, खडक राज पौडेल, सस्मित पोखरेल,निशा मेहता,डा. बिक्रम तिमिल्सिना,प्रतिभा रावल, सोविता गौतम, गीता चौधरी, दिपक कुमार साह र सीता बादी रहेकी छन् ।
