काठमाडौं । बालेन शाह (बालेन्द्र) नेतृत्वको नयाँ सरकारमा ५ जना महिलाहरु मन्त्री बनेका छन् । महिला मन्त्रीहरूको सूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । मन्त्री बनेकी गौतमबाहेक अरु सबै मन्त्रीहरू समानुपातिक प्रणालीबाट सांसद भएर आएकाहरू हुन् । गौतम चितवन–३ बाट निर्वाचित सांसद हुन् ।