काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री शाहले आफूसँग प्रधानमन्त्री कार्यालयसँगै रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन् । शाहले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रतिभा रावललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरीलाई कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण र निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका शाहले श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दीपक साहलाई र सीता बादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए ।