काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्।
उनलाई रास्वपाले उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बनाउन लागेको थियो।तर उनले अस्वीकार गरेको उनका स्वकीय सचिवलयले जनाएको छ । अमरेशले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका थिए।