काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने पक्का भएको छ । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्ले सहितको छलफलपछि बिहीबार साँझ नै खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय भएको स्रोत जनाएको छ। यस अघि छोटो समय शिक्षामन्त्री बनेका खनाल लगातार दोस्रो पटक प्रत्यक्षर्फ निर्वाचित सांसद हुन् ।
मुलुकले आज नयाँ प्रधानमन्त्री पनि पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । आजै प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।