काठमाडौं । भदौ २३ र २४ गतेको घटना बारे जाँचबुझ आयोगको प्रतिवेदनमाथि संविधानविद् डा. भिमार्जुन आचार्यले कडा टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल मार्फत उनले उक्त प्रतिवेदन गाईको बारेमा लेख्न भनेकोमा गधाको बारेमा लेखेजस्तो भएको टिप्पणी गरेका हुन् ।
भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यसदिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाएको उनको टिप्पणी छ।
उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यस्तै भएको र त्यो पूरा भएको आचार्यको दाबी छ।
जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भएको उनको आरोप छ।