काठमाडौँ । भदौ २३ र २४ गते राजधानीमा भएको जेन्जी आन्दोलनका क्रममा भएको हिंसा, दमन र लुटपाटको घटनाबारे जाँचबुझ आयोगले आयोगले प्रदर्शनलाई उग्र बनाउने टीओबी ग्रुपका सदस्यहरूलाई फौजदारी संहिता अनुसार कारबाही गर्न सिफारिस गरेको छ।
आयोगको प्रतिवेदन अनुसार भदौ २३ गते चाबहिल ओम अस्पताल नजिकबाट धोबीखोला कोरिडोर हुँदै बिजुली बजार भएर आएको टीओबी ग्रुपका व्यक्तिहरूले नयाँ बानेश्वरमा प्रदर्शनकारीहरूलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्य गरेका थिए।
ती व्यक्तिहरूले भीडलाई नियन्त्रण बाहिर पुर्याई हिंसा भड्काएको ठहर गर्दै आयोगले फौजदारी संहिताको दफा ३५ बमोजिम उनीहरूमाथि मुद्दा चलाउन भनेको छ।
सोही दिन संसद् भवन परिसरमा गोली चलेको घटनामा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकृत तथा जवानहरूमाथि पनि जबाफदेही बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।