काठमाडौँ । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार मध्यरातमा पदभार ग्रहण गरेका छन् । उनलाई कोषका सदस्य सचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले यही चैत १ गते आफ्नै स्वकीय सचिव रहेका श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा ५ वर्षका लागि मनोनीत गरेकी थिइन् । कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । प्रधानमन्त्री कार्कीको उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो ।