काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बालेन शाहप्रति लक्षित गर्दै प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेनले शुक्रबार १३ गते १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शपथ लिने राष्ट्रपति कार्यालयलाई जानकारी गराएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताएका हुन् ।
आफूहरूलाई साइत हेर्ने, देखाउने समय नभए पनि इतिहासमै स्वच्छ निर्वाचन भएको उनले जिकिर गरे।