काडमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशा बिक मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । गएको २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १ की १६ वर्षीया इनिशा बिकको रहस्यमय तवरबाट मृत्यु भएको थियो ।
त्यसदिन ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो । लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय किशोरलाई गिरफ्तार गरी अनुसन्धान थालेको थियो । पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्याधिक रक्तश्रापका कारण बेहोस भएको बयान दिएका छन् । इनिशाको पोष्टमार्फट रिपोर्टमा पनि मृत्युको कारण यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको रक्तश्राप देखाइएको छ । उक्त घटनामा संलग्न भएको भन्दै अन्य तीन जनालाई समेत पक्राउ गरी प्रहरीले अनुन्धान थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले इनिशा मृत्यु प्रकरणका सबै अनुसन्धान रिपोर्ट जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए ।