काठमाडौँ । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्साकोठाबाट बुधबार बिहान आगलागी भएको छ। आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ भने आगलागीको कारण बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।
आगो नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा र मोरङका विराटनगर तथा सुन्दरहरैंचा लगायतका स्थानीय तहबाट दमकल परिचालन गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो। इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने पहिलेको जेनजी आन्दोलनको क्रममा जलेर नष्ट भइसकेकोले अन्य स्थानीय तहबाट दमकल ल्याउनुपरेको थियो। आगलागीबाट भएको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।