काठमाडौँ । चैनपुर नगरपालिका–१, नुनढाकी तातोपानीमा बसोबास गर्ने ६० वर्षीय देबी भक्त दमाई मृत अवस्थामा फेला परेका छन्। प्रहरीको केन्द्रीय समाचार कक्षले मंगलबार तातोपानी गेट नजिकै उनको शव फेला परेको जानकारी दिएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। प्रहरीले प्रारम्भिक जानकारी अनुसार मृत्युमा अनौठोपना भए पनि थप तथ्यांक जुटाइरहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइरहेको बताएको छ।