काठमाडौँ । विश्वकाे पाँचौँ अग्लो हिमाल मकालु आरोहणका लागि प्रस्थान गर्न लागेका प्रहरी नायव निरीक्षक (सई) नन्दलाल चौधरीलाई बिदाइ गरिएकाे छ । उनलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले शुभकामनासहित बिदाइ गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच आईजीपी कार्कीले चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्नुभयो। सो अवसरमा महानिरीक्षक कार्कीले आरोहण यात्राको सहजता र पूर्ण सफलताको कामना व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा कार्यरत झापा शिवसताक्षीका चौधरीले यसअघि २०८२ साल कात्तिकमा सोलुखुम्बुको मीरा पिक (६,४७६ मिटर) को सफल आरोहण गरिसकेका छन् । वि.सं. २०५५ मा प्रहरी जवानबाट सेवा प्रवेश गर्नुभएका उहाँ गरेका चौधरी अहिले नेपालको चौथो अग्लो हिमाल मकालुको शिखर चुम्ने लक्ष्यका साथ अघि बढेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह, उमा प्रसाद चतुर्वेदी लगायत उच्च प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।