काठमाडौँ । अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारस्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।