काठमाडौँ । रसुवाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गोसाईंकुण्ड भ्रमणका क्रममा लेक लागेर अस्वस्थ भएका एक विदेशी पर्यटकको नेपाली सेनाले उद्धार गरेको छ।
चैत ७ गते गोसाईंकुण्ड पदयात्राका क्रममा रहेका ती थाइ नागरिक उचाइका कारण अस्वस्थ भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि स्थानीय सुरक्षा निकायलाई खबर गरिएको थियो।
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ श्रीनाथ गणको टोलीले ती पर्यटकको तत्काल उद्धार गरेको सेनाले जनाएको छ। सैनिक टोलीले उनलाई सुरुमा प्राथमिक उपचार प्रदान गरेको थियो।
प्राथमिक उपचारपश्चात् थप उपचारका लागि उनलाई निकुञ्ज सुरक्षा पोष्टबाट सुरक्षित रूपमा जिल्ला अस्पताल पु¥याइएको छ।