काठमाडौँ । कञ्चनपुरको भिमदत्त नगरपालिकामा कारको ठक्करबाट एक वृद्ध साइकलयात्रीको मृत्यु भएको छ।
भिमदत्त नगरपालिका वडा नम्बर ५, बनगाउँ स्थित सडक खण्डमा शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यु.के. ०६ बि.एन. २८२९ नम्बरको भारतीय कारले साइकलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा सोही स्थानका ६५ वर्षीय मोहन शाहीको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका शाहीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न कार र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको रुद्रपुर बस्ने ४० वर्षीय राजेश कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।