काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उडायन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला पनि वाइडबडी घोटाला काण्डको छानबिन गर्न एक्सनमा उत्रिएका छन् । नवनिर्वाचित सांसद सुधन गुरुङले वाइडबडी घोटाला काण्डको छानबिन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएसगैँ मन्त्रालयका सचिव निरौला पनि वाइडबडी काण्डको छानबिन गर्न एक्सनमा उत्रिएका हुन् ।

उनले नेपाल वायुसेवा निगमभित्र जरो गाडेर बसेको बेथिति र जहाज खरिददेखि मर्मतसम्मका भ्रष्टाचार विरुद्ध प्रमाण जुटाउन मन्त्रालयका सहसचिव मुकेश डंगोलको संयोजकत्वमा शुक्रबार पाँच सदस्यीय समिति गठन गरेका हुन् ।

नेपाल वायुसेवा निगमभित्र जरो गाडेर बसेको बेथिति र जहाज खरिददेखि मर्मतसम्मका भ्रष्टाचार विरुद्ध प्रमाणसहित खोज्को लागि उक्त समितिलाई ३० दिनको समय दिईएको छ । अब वर्षौंदेखिका काला फाइलहरू आधिकारिक रूपमै खोलिने र प्रतिवेदनको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने विश्वास समेत व्यक्र गरिएको छ । नवनिर्वाचित सांसद सुधन गुरुङले फागुन २८ गते गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उडायन मन्त्रालयका सचिव निरौलालाई वाइडबडी काण्डको छानबिन गर्न माग गर्दै ज्ञापत्रपत्र बुझाएका थिए।