काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले ईद उल फित्रको शुभकामना दिँदै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व ईदको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै नवनिर्वाचित सांसदसमेत रहेका बालेनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
शुभकामना सन्देशमा उनले समाजमा आपसी सम्मान, समझदारी र एकताले मात्रै दिगो विकास सम्भव हुने उल्लेख गरे । ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ,’ उनले भनेका छन्।
उनले ईद पर्वले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन्।