काठमाडौं । बिहीबार साँझ शवाल महिनाको चन्द्रमा नदेखिएको पुष्टि गर्दै चैत ७ गते शनिबारका दिन नेपालमा इद औपचारिक रूपमा मनाईने भएको छ ।
मुस्लिम आयोगले शवाल महिनाको चन्द्रमा नदेखिएको भन्दै शनिबारका दिन ईद उल–फित्र मनाईने आयोगका कार्यबाहक अध्यक्ष महम्मदीन अलीले जानकारी दिए ।
शनिबार नै इद परेकाले सरकारसमक्ष सार्वजनिक विदाको प्रस्ताव नगर्ने बताउदै सार्वजनिक विदाबारे कुनै अन्यौल नराख्न आग्रह समेत गरेका छन् ।
उता खाडी राष्ट्रहरूमा भने यस वर्ष इद शुक्रबार मनाइने भएको छ।
साउदी अरबको सर्वोच्च अदालतले बुधबार चन्द्रमा नदेखिएको घोषणा गर्दै ३० दिनको रोजा पूरा भएपछि शुक्रबार बिहान इदको नमाज अदा गरिने जनाएको छ। दुबई, कतार, टर्की, बहराइन र कुवेत लगायतका देशहरूमा पनि शुक्रबार नै इद मनाउने तयारी गरिएको छ।