काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणको क्रममा मुगुस्थित रारा ताल अवलोकन गरेपछि जुम्ला पुगेकी छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार, प्रधानमन्त्री कार्की रारा भ्रमणपछि जुम्ला आइन् र एक दिनको बास बसेर भोलि बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय छ। प्रधानमन्त्री कार्की जुम्ला नम्बर २४ बाहिनीमा बसेर आफ्नो भ्रमण कार्यक्रम सम्पन्न गर्ने योजना रहेको जानकारी अधिकारीहरूले दिएका छन्।