काठमाडौँ । जिल्लाको बागमती नगरपालिका–२, सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको हो। ठक्करपछि बालकको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका–११ प्रगति टोल निवासी करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बालकको शव घटनास्थलमै रहेको छ र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।