काठमाडौं । बढुवा समितिको सचिवालयले ७२ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको मंगलबारको निर्णयअनुसार नेपाल विविध सेवा, महिला विकाश अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत एक जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत ५५ जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत १६ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।


