काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा प्रतिनिधिसभा सदस्य डोलप्रसाद डीपी अर्याल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका छन्।
पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न अर्याल त्यहाँ पुगेका हुन्। भेटका क्रममा उनले ओलीका स्वर्गीय पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसैगरी, उनले शोकमा रहेका ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।