काठमाडौँ। कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ स्थित मान्या चौराहमा एक वृद्ध महिलाको हत्या भएको छ। ७५ वर्षीया बिन्दा श्रेष्ठमाथि धारिलो हतियार (हसिया) प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार उक्त घटनामा संलग्न व्यक्ति मृतककै सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठ रहेका छन्।
प्रारम्भिक अनुसन्धानबाट सामान्य घरायसी विवादकै कारण मंगलबार राति करिब ९ बजेतिर उनले आमामाथि आक्रमण गरेको खुलेको छ। हसिया प्रहारबाट बिन्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। घटनाका क्रममा भगवतीदेवी श्रेष्ठ पनि घाइते भएकी छन् र उनको दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको छ। घटनापछि आरोपित हरिप्रसाद श्रेष्ठ फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।