काठमाडौँ । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको न्यायको लागि आज मंगलबार पनि देशका विभिन्न स्थानमा बिरोधका कार्यक्रम भइरहेका छन् । हत्या भएको १० बितिसक्दा पनि दोषी पत्ता लगाउन सकेको छैन्। स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उनको परिवारले शव उठाउन मानेको छन्न । इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ ।
इनिशाको बलात्कारपछि हत्या गरिएको भन्दै जिल्लासहित देशभर आन्दोलन भइरहेको छ । इनिशाको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको परिवारले बताउँदै आएको छ ।
प्रहरीले घटनाको बारेमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट गहन अनुसन्धान भइरहेको जनाएको छ । सुर्खेत प्रहरीका सूचना अधिकारी एवं डिएसपी मोहनजङ्ग बुढथापाका अनुसार प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली शुक्रबार वीरेन्द्रनगर पुगेपछि शनिबारदेखि गहन अनुसन्धान सुरु भएको छ। त्यस्तै, फरेन्सिक ल्याब परीक्षणका लागि पीडित र पीडक परिवारका दुवै जनाको मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदनसमेत दिइसकेको छ ।
प्रतिवेदन अनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।
घटनापछि चार किशोरलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिसकेको छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिशाको गत फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट हिँडेकी थिइन्।
इनिशाको परिवारले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी घटनामा संलग्नलाई कानुनी कारबाही नभएसम्म आफूहरूले शव नउठाउने बताएका छन् ।